कांग्रेस बिरुद्ध एमाले र नेकपा माओवादी केन्द्र बीच तालमेल

असार ६- कांग्रेस बिरुद्ध एमाले र नेकपा माओवादी केन्द्र बीच आगामी असार ३० गते हुन गइरहेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा  तालमेल भएको छ । ब्यवसायीको हक हितका लागि तालमेल जरुरी रहेको निश्कर्ष सहित एमाले निकट प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मञ्च सहित ६ ओटा संस्था बीच रोहन गुरुङको नेतृत्वमा चुनावमा जाने सहमति भएको हो ।

एमाले निकट प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च र नेकपा माओवादी केन्द्र निकट बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मञ्च सहित ६ ओटा संस्थाको तर्फबाट रोहन गुरुङको नेतृत्वमा निर्वाचनमा होमिएको संयुक्त ब्यावसायिक समुहले आज साँढे ४ बजे औपचारिक रुपमा उम्मेदवारको परिचय सहित घोषणा सभा गरी उम्मेदवारको सूची सार्वजनिक गर्न लागेको हो । सोही सहमति अनुसार संयुक्त समुहको तर्फबाट १७ ओटै पदमा उम्मेदवारहरूको टुंगो लागेको छ ।

निर्वाचन परिचालन समितिका संयोजक सरोजकुमार पोखरेलका अनुसार बैदेशिक रोजगार ब्यवसायीको हक हितमा लामो समयदेखि योगदान पुर्याएको अनुभवलाई मुल आधार बनाएर पदाधिकारीको टुंगो लगाइएको हो । अध्यक्ष गुरुङ सहित पदाधिकारीमा उठाइएका सबै उम्मेदवार ब्यवसायीको हक हितमा कही कतै संझौता गर्ने खालका नभएको पोखरेलको भनाई रहेको छ ।

सो समुहले अध्यक्षमा रोहन गुरुङ, प्रथम उपाध्यक्षमा रामप्रसाद भन्तना, द्धितीय उपाध्यक्षमा महिला ब्यवसायी शुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन र महासचिवमा नरेश गेलाललाई उम्मेदवार बनाएको छ । यस्तै सचिवमा इश्वर जीसी र कोषध्यक्षमा रमिला ताम्राकार रोकाया मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अध्यक्षका उम्मेदवार गुरुङ संघका बर्तमान महासचिव हुन । उनी ब्यवसायीको हितबिरोधी सरकारको निर्णय बिरुद्ध दह्रो अडानका साथ आन्दोलनको नेतृत्व गर्ने ब्यवसायी नेता समेत हुन ।

यस्तै संयुक्त ब्यावसायिक समुहको तर्फबाट सदस्यमा तेजुमाया लिम्बु, सुरेश गौतम, सञ्जु गुरुङ, सबिना श्रेष्ठ, प्रेमबहादुर बिश्वकर्र्मा, कुन्छादोर्जे डेमडोङ, परमेश्वर अधिकारी, तिलक तामाङ,  बबनकुमार सिंह र प्रितमबहादुर मगरलाई उम्मेदवार बनाइएको प्रचार प्रसार समितिका संयोजक भीष्मराज शर्मा शिवाकोटीले जानकारी दिनुभयो । संयुक्त समुहले आजै उम्मेदवारी घोषणासभाको आयोजना गरी ब्यवसायी बीच परिचय गराउन लागेको संयोजक शिवाकोटीले जनाएका छन् । गुरुङको अध्यक्षतामा चुनावी मैदानमा होकिएको संयुक्त ब्यावसायिक समुहले समुन्नत राष्ट्र निर्माणको आधार, सुरक्षित, ब्यवस्थित र मर्यादित बैदेशिक रोजगारलाई मुख्य चुनावी नारा बनाएको छ ।

संघमा कांग्रेस निकट ब्यवसायीहरु भने बिमल ढकालको नेतृत्वमा चुनावी मैदानमा होमिएका छन । फोरम लोकतान्त्रिकका तर्फबाट उम्मेदवार बनेका ढकाल समुहबाट पदाधिकारी र सदस्यको टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *