देउवालाई पन्छाउने योजनामा काँग्रेसका दोस्रो पुस्ता

मङ्सिर १३, काठमाडाैं । निर्वाचनपश्चात नेपाली काँग्रेसको आकार जत्रो भए पनि संसदीय दलको नेताका निम्ति ठुलै लडाइँ हुन सक्ने संङ्केतहरु देखिएका छन् ।

पार्टीको सभापति र पटक पटक प्रधानमन्त्री बनेकाे हुँदा संसदीय दलको नेतामा पहिलो दाबी शेरबहादुर देउवाको रहने निश्चित छ । तर, काँग्रेसले साठीभन्दा कम स्थानमा विजयी हासिल गरेमा त्यसका निम्ति देउवालाई मुख्य जिम्मेवार ठानिने र उनलाई काँग्रेसले संसदीय दलको नेता अस्वीकार गर्ने सम्भावना प्रबल छ ।

दलको नेता आफू बन्न नपाउने या नसक्ने स्थितिमा देउवाले आफ्नी पत्नी आरजुलाई विजयी बनेमा अघि सार्न सक्ने संकेतहरु पनि देखिएका छन् । काँग्रेस पराजयको निम्ति देउवालाई विशेष जिम्मेवार ठहर गरेको अवस्थामा उनलाई संसदीय दलको नेता स्वीकार गर्न सम्भव देखिँदैन ।

विजयी बनेर आएको अवस्थामा रामचन्द्र पौडेल, डा. शशाङ्क कोइराला, डा रामशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र देउवापत्नी आरजु राणासम्मले दलको नेता पदमा दाबी गर्ने निश्चित छ ।, यो खबर आज प्रकाशित घटना र विचार साप्ताहिकले लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *