सुनसरी ४ बाट अर्थमन्त्री कार्की निर्वाचित

मंसिर २५ , धरान । नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी सुनसरी क्षेत्रनम्बर ४ बाट निर्वाचित भएका हुन् ।

कांग्रेसका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७५० मत छ ।

कार्की र श्रेष्ठबीचको मतान्तर ६ हजार ५९७ छ । तेस्रो स्थानमा रहेका राजपा उम्मेदवार रामनारायण यादवले ५ हजार २० मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *