कम्प्युटर इन्जिनियरिङ सञ्चालन गर्न विद्यालयले ‘महायज्ञ’ गर्ने

सुनसरी, पुस २० । सुनसरी धरानको सहिद स्मृति माध्यमिक बिद्यालयको स्तरोन्नती गरी भवन निर्माण तथा प्रबिधिक शिक्षाका लागि सहयोग संकलन गर्न श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ ।

बि.सं २०१४ सालमा स्थापना भएको बिद्यालयको भौतिक संरचना तथा संकाय र तह वृद्धिका लागि माघ १० गतेबाट सप्ताह ज्ञान महायज्ञ लगाउन लागिएको बिद्यालयका प्रधानाध्यापक राम बहादुर बिष्टले जानकारी दिएका छन् ।

महायज्ञबाट संकलित रकमले आगामी शैक्षिक सत्रदेखी कम्प्युटर ईन्जिरिङ कक्षा संञ्चालनका निम्ती पुर्वाधार निर्माण गर्न १२ कोठे भवन निर्माण गर्ने तयारी रहेको क्याम्पस बिष्टले जानकारी दिए । महायज्ञबाट १ करोड रुपैयाँ संकलन हुने अपेक्षा गरिएको र यसका लागी सम्पुर्ण बिद्यार्थी अभिभावक,पुर्व बिद्यार्थी, स्थानीयबासी सबैमा सहयोगको लागी अपिल पनि गरिएको छ ।

सो सप्ताहब्यापी ज्ञान महायज्ञ आयोजना गर्न करिब १० लाख खर्च हुने समेत बिद्यालयका प्रधानाध्यापक बिष्टले जानकारी दिए । हाल सो बिद्यालयमा कक्षा १० सम्म अध्यापन भईरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *