एसिसी यु १९: सेमिफाइनलमा नेपालले भाेली अफगानिस्तानकाे सामना गर्ने

कार्तिक ३०, काठमाडौँ । एसिसी उन्नाइस वर्षमुनिको युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पहिलो पटक पुगेको नेपालले भोलि शुक्रवार अफगानिस्तानको सामना गर्ने भएको छ ।

मलेसियाको किनररा ओभल मैदानमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ अफगानिस्तानको सामना गर्नेछ । दुवै टोलीले अहिलेसम्म युथ एसिया कपको फाइनल पुग्न सकेको छैन । त्यसैले पनि दुवै टोली नयाँ इतिहास रच्ने दाउमा छन् ।

समूह ‘ए’ मा रहेको बंगालादेशले सोही समूहको भारतलाई आठ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह चरणको खेलमा तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । नेपाल बङ्गलादेशसँगको पहिलो खेलमा दुई विकेटले पराजित भएको थियो भने भारतलाई १९ रन तथा आयोजक मलेसियालाई आठ विकेट पराजित गरेको थियो ।

यु–१९ उमेर समूहको एसिया कपमा तीनपटक च्याम्पियन बनेको भारत लगातार दुई खेलमा पराजित हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ भने आयोजक मलेसिया पनि प्रतियोगिताबाट बाहिरियो ।

त्यसै गरी समूह ‘बी’मा रहेका पाकिस्तान र अफगानिस्तानले सेमिफाइनलको यात्रा तय गरे भने श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (युएई) प्रतियोगिताबाट बाहिरिए ।

आज भएकाे पहिलाे सेमिफाइनलमा बङ्गलादेश र पाकिस्तान एक आपसमा भिडेका थिए जसमा पाकिस्तान विजयी हुँदै फाइनल प्रवेश गरिसकेकाे छ । आज भएकाे खेलमा पाकिस्तानले बंगलादेशलार्इ डकविइज नियमका आधारमा २ विकेटले पराजित गर्याे ।

पानीले प्रभावित खेलमा बङ्गलादेशले पहिलाे व्याटिङ गर्दै ५० अाेभरमा २७४ रन बनाएकाे थियाे जसका लागि उसकाे छ व्याट्सम्यान अाउट भएका थिए । जवाफमा उत्रिएकाे पाकिस्तानले ५ विकेटकाे क्षेतिमा १९९ रन बनाएकाे अवस्थामा खेल राेकिएपछि अम्पाएरले डकविइज नियम अनुसार पाकिस्तानलार्इ विजयी घाेषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *