विश्व अादिवासी जनजाति दिवस भव्यताका साथ मनाउने तयारी

साउन १८ । २३ आै विश्व आदिवासी दिवस नेपालमा भव्यताका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले २३ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो । महासंघका अध्यक्ष जगतबहादुर बरामले विश्व आदिवासी दिवसलाई भव्यतामा साथ मनाउन आगामी आगामी साउन २५ गते बुधबार काठमाडौंमा भव्य कार्यक्रम आयोजना हुने जानकारी दिनु भयो ।

दिवसबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपालका आदिवासी जनजातिहरुको अधिकार, प्रतिनिधित्व र स्वशासनलाई यस वर्षको मूल नारा बनाइएको पनि स्पष्ट पार्नु भयो ।

महासंघले यस वर्षको आदिवासी जनजाति दिवस देश भित्र र बाहिर पनि विभिन्न कार्यक्रममा साथ मनाउने छ । अध्यक्ष बरामले आदिवासी जनजाति दिवसलाई सरकारी स्तरबाटै मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ध्यानाकर्षण गराइएको बताउनु भयो । हरेक वर्ष अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर आदिवासी जनजाति दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *