जनप्रिय क्याम्पसले ‘माउन्टेन टुरिजम मेनेजमेन्ट’ पढाउँदै

एनएच पौडेल, पोखरा । जनप्रिय बहुमुखी क्याम्पस पोखराले नेपालमै पहिलो पटक माउन्टेन टुरिजम मेनेजमेन्ट (पर्वतीय पर्यटन व्यवस्थापन) विषयको पढाई आगामी शैक्षिक सत्रबाट सुरु गर्ने भएको छ।

नेपालमा पर्यटनको प्रचुर सम्भावना भएका कारण पर्यटनको प्रबद्र्धन र विकासमा योगदान पु¥याउने उदेश्यले नेपामलमै नयाँ विषयको पाठ्यक्रम तयार गरी कलेजले अध्यायन थालेको हो । स्नातक ४ वर्षे ८ सेमेस्टरको प्रणाली अन्तर्गत यो विषय यसै सत्रबाट सुरु हुने क्याम्पस प्रमुख विरन्जी गौतमले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सहकार्यमा भर्ना प्रक्रिया अगाडि बढेको क्याम्पस प्रमुख गौतमले बताए । कलेजले कात्तिक २३ गतेदेखि मङ्सिर १२ गतेसम्म फर्म वितरण गर्ने र मङ्सिर १४ गते प्रवेश परीक्षा सञ्चालन गर्ने उनले बताए ।

क्याम्पसले नेपालमा माउण्टेन टुरिजमको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पाठ्यक्रम लागु गरिएको क्याम्पस प्रमुख गौतमले बताए । ‘यो नितान्त नयाँ विषय हो, यो आवश्यक पनि छ, देशकै पर्यटन उद्योगलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण योगदान पुुग्ने छ,’ उनले भने । ‘कोर्ष अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको छ, हामीले यहाँबाट दक्ष जनशक्ति तयार गरेर पठाउँछौँ ।’ नेपालमा धेरै हिमाल लगायत अन्य पर्यटकीय क्षेत्रहरू रहेका छन्, पर्यटकीय क्षेत्र र पूर्वाधारहरुको बारेमा आवश्यक शैक्षिक दक्ष जनशक्ति तयार गर्न तथा पर्यटन प्रवद्र्धनमा यो कोर्षले सहयोग पु¥याउने अपेक्षा गरिएको गौतमले बताए ।

पर्यटनको क्षेत्रमा आवश्यक जनशक्ति देशभित्रै उत्पादन हुन नसक्दा अधिकांश विदेशी जनशक्तिको भरपर्ने बाध्यता रहेको र नेपालीले नेपालमा पर्यटन सम्भाव्यताको अध्ययनसमेत गर्न नसकेको अवस्थामा क्याम्पसको यो प्रयास महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

त्रिवि प्राज्ञिक परिषदले कोर्ष सञ्चलनगरी कार्यविधि स्कृतगरी कार्यकारी परिषदको बैकठले जनप्रिय क्याम्पसलाई प्राज्ञिक स्वायत्तता दिएको छ । त्रिविले प्रदान गरेको स्वायत्तता कार्यविधिमा आफैँले पाठ्यक्रम विकास गरी आफैँले परीक्षा लिने र नतिजा निकाल्ने सम्मको अधिकार कलेजले पाएको हो ।

मुलुककै सामुदायिक क्याम्पसहरुमा सर्वाेत्कृष्ट भएर जनप्रियले सरकारबाट पुरस्कार पाइसकेको छ । अन्तर्रा्ष्ट्रिय शैक्षिक मापदण्ड पूरा गरेका कारण क्युएए प्रमाणपत्र पनि क्याम्पसले पाएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले तयार गरेका अन्य आवश्यक मापदण्ड पूरा गरी जनप्रिय कलेज सम्भावित विश्वविद्यालय तर्फ उन्मुख भएको छ ।

क्याम्पसमा सैद्धान्तिक र प्रयोगात्मक गरी दुवै प्रक्रियाबाट माउन्टेन टुरिजम मेनेजमेन्ट पढाइ हुने विषय समितिका सदस्य मेखराज पौडेलले बताए । ‘यस विषयमा प्रयोगात्मकलाई पनि उत्तिकै जोड दिइएको छ,’ उनले भने, ‘नयाँ विषय भएको हुनाले यस विषयले प्रचुर सम्भावना बोकेको छ ।’ एक सत्रमा २५ जनाभन्दा धेरै विद्यार्थी भर्ना नगरिने उनले बताए । ‘सीमित विद्यार्थी लिएर दक्ष बनाउने हाम्रो चहाना हो,’ उनले भने । ४ वर्षे ८ सेमेस्टरको कोर्सका लागि ३ लाख ५० हजार लाग्ने उनले बताए ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन प्रोफेसर डा. रमेशराज कुँवरले नेपालको ६७ वर्षीय पर्यटन इतिहासमा सबैभन्दा ठुलो उपलब्धि भएको बताए । नेपाल माउण्टेन एकेडेमीका एकेडेमिक एड्भाइजर समेत रहेका कुँवरले भने, ‘ढिलै भएतापनि क्याम्पसले यो पाठ्यक्रमको अध्यापन सुरु गरेको छ, हामी पर्यटनको क्षेत्रमा नयाँ कदम राख्न सफल भएका छौँ ।’

‘सन् २०१७ नेपालको पर्यटकीय क्षेत्रमा ऐतिहासिक वर्षकोरुपमा अंकीत हुनेछ, ‘नेपाल जहाँ सबै आवश्यक स्रोत, साधनको प्रचुर सम्भावना छ, अब यिनको व्यवस्थापनको लागि उत्पादित जनशक्तिद्धारा सम्बन्धित विषयमा उल्लेख्य उपलब्धि हासिल गर्ने छ ।’

चारवर्षे अध्ययन अवधि रहेको ती विषयमा विद्यार्थीको अध्ययन अवधि १२० क्रेडिट आवर कायम गरिएको क्याम्पसका बिएमटिएम विषय समितिका सदस्य मेखराज पौडेलले बताए ।

‘विद्यार्थीले पहिलोदेखि छैठोँ सेमेष्टरसम्म पाँचओटा अनिवार्य विषय अध्ययन गर्नुपर्नेछ,’ उनले भने, ‘सातौँ र आठौँ सेमेष्टरमा भने एक वटामात्र ऐच्छिक विषयको अध्ययन गर्नुपर्नेछ ।’ विद्यार्थीहरूले ऐच्छिक विषयमा चिनियाँ, जापनिज, कोरियन र फ्रान्सेली भाषा रोज्न सक्ने छन् ।

छैठौँ सेमेष्टर सम्म कुल ३० ओटा विषयको अध्यापन हुने तथा अन्तिम दुई सेमेष्टरमा १५ हप्ताको फिल्ड भिजिट र ईन्र्टनसिप रिपोर्ट बुझाउनुपर्ने गरी कार्षको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *