रुसमा हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक हुँदै

काठमाडौं, मंसिर १५ । रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिंदैछ ।

रुसको मस्कोमा आज साँझ हुने एक विशेष समारोहमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गर्नेछ । यसका लागि विश्वकपमा छनौट भएका सबै ३२ राष्ट्रका फुटबल संघ र टोलीका प्रतिनिधि मस्को पुगिसकेका छन् ।

सहभागी ३२ राष्ट्रलाई फिफा वरियताको आधारमा ४ वटा पटमा राखिएको छ । शीर्ष वरियताप्राप्त राष्ट्रहरुको पटमा जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड, फ्रान्स र आयोजक रुस रहेका छन् ।

यसैगरी दोस्रो पटमा स्पेन, पेरु, स्विट्जरल्याण्ड, इ्रग्ल्याण्ड, कोलम्बिया, मेक्सिको, उरुग्वे र क्रोएसिया छन् ।

तेस्रो पटमा डेनमार्क, आईसल्याण्ड, कोष्टा रिका, स्विडेन, ट्युनिसिया, ईजिप्ट, सेनेगल र ईरान छन् भने चौथो पटमा सर्विया, नाईजेरिया, अष्ट्रेलिया, जापान, मोरक्को, पानामा, दक्षिण कोरिया र साउदी अरेबिया छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *