इरानको शक्तिशाली भूकम्पमा मर्नेको संख्या ३४८ पुग्यो, हजारौं घाइते (१० तस्वीरसहित )

काठमाडौं, कात्तिक २७ । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४८ पुगेको छ ।

इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७.३ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ३४८ जनाको मृत्यु हुनुका साथै हजारौं मानिसहरु घाइते भएका छन् ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पपछि दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।

एक इरानी सहायता संस्थाले भूकम्पपछि त्यहाँको विद्युत् र सन्चार सेवा अबरुद्ध भएको उल्लेख गर्दै तत्काल करिव ७० हजार मानिसहरुलाई आवास आवश्यक रहेको बताएको छ । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेको बीबीसीले उल्लेख गरेको छ ।

इराकको राजधानी बग्दादका नागरिक प्रार्थनामा जुटेका छन् । इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तिमा पनि ८ ओटा गाउँमा ठूलो क्षति पुगेको खबर आएको बताएका छन् ।

इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको बताइएको छ । (एजेन्सी)

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *