साततल्ले दरबारको आगामी नयाँ आर्थिक वर्षदेखि निर्माण थालिने

पुरातात्विक महत्त्व बोकेको ऐतिहासिक साततल्ले दरबारको आगामी नयाँ आर्थिक वर्षदेखि निर्माण थालिने भएको छ । पुनर्निमाणको लागि साधन, स्रोत र समय बढी आवश्यक पर्ने भएकाले ढिलाई हुन गएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । गत २०७२ साल बैशाख १२ गतेको महाभूकम्पले दरबार क्षति पुगेको थियो । दुई वर्ष देखि उक्त दरबार अझै टेकोकै भरमा छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि निर्माण प्रक्रियाले तीव्रता पाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव यमलाल भुसालले बताए । उनले भने, ‘नयाँ आर्थिक वर्षदेखि सम्पदाको पुनर्निर्माण तीव्र अघि बढ्छ ।’ यस्ता पुरातात्विक सम्पदा निर्माण गर्दा स्रोत, साधन र बढी समय आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

‘दरबार पुनर्निमाणको लागि साधन, स्रोत र समय धेरै चाहिने भएकोले ढिलाई हुन गइएको हो,’ प्राधिकरणका सहसचिव भुसालले भने । प्राधिकरणका अनुसार एकसय भन्दा बढी सम्पदाहरु निर्माण भइरहेका छन् । निर्माणाधीन बसन्तपुरको काठष्टमण्डप, राजा पृथ्वीनारायण शाहले बनाउन लगाएको नौतल्ले दरबार, गोरखा दरबार र नुवाकोटको साततल्ले दरबार पुरातात्विक सम्पदाको डिजाइन गर्ने कामहरु भइरहेको छ ।

‘ड्र्याङ डिजाइनको काम सकिएलगतै क्रमश ती पुरातात्विक सम्पदाका कामहरु अघि बढ्छन्,’ प्राधिकरणका सहसचिव  भुसालले भने । चीन सरकारले सहयोग निर्माण हुन गईरहेको साततल्ले दरबार सहित अन्य सम्पदाहरु रहेको प्राधिकरणले जनाएको छ । नुवाकोटको सम्पदा मात्र  नभएर अन्य पनि छन् । पोलिटेक्निकल इन्टिच्युटहरु, अस्पताल र स्कुलहरु चीन सरकारको सहयोगमा पुनर्निर्माणको क्रममा छन् । चीन सरकारको विशेषत संरचना बनाएर हस्तान्तरण गर्ने यो ‘टर्न की’ बेसिसमा हुने प्राधिकरणका सहसचिव भुसाल बताउँछन् ।

‘उसले बनाएर हस्तान्तरण गर्ने हो,’ उनले भने,‘साततल्ले दरबार ढलि नसकेकाले प्राविधिकले दिएको प्रतिवेदनमा रेक्ट्रोफिट गरेर बन्छ भने नभइत्काइने तर स्ट्रक्चर इन्जिनियरले नभत्काई यो संरचना उभिन सक्छ भन्यो भने दरबार भत्काउनु परेन ।’  पुरातात्विक सम्पदाहरुका कार्ययोजना बनिसकेको प्राधिकरणले जनाएको छ । नुवाकोट दरबार काठमाडौंदेखि ७५ किलोमिटरको दुरीमा उत्तर-दक्षिणतर्फ डाँडामा अवस्थित छ । विदुरनगरपालिका-२ मा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *