सिँचाइको क्षेत्रमा परिवर्तन गरेर देखाइ छाड्ने

साउन १८, बर्दिया । सिँचाइ मन्त्री सञ्जय कुमार गौतमले नागरिकले महसुस गर्ने गरी आफूले काम गर्ने बताए । नेपाली काँग्रेस क्षेत्र नम्बर २ बर्दियाले सदरमुकाम गुलरीयामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री गौतमले आफू सिँचाइ मन्त्री भैसकेपछि सिँचाइको क्षेत्रमा परिवर्तन गरेर देखाउने बताए ।
उहाँले आफू मन्त्री भैसकेपछि मन्त्रालयको ब्रिफिङसमेत नलिएर आफ्नो गृह जिल्लाका समस्याका बारेमा बुझ्न आएको बताउँदै केही दिनमै सिँचाइको क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने खाले काम अघि बढाउने समेत दाबी गर्नुभयो ।कृषिलाई उद्योगको रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उहाँले बर्दिया जिल्ला अन्न भण्डारको रूपमा परिचित भएर पनि अधिकांश क्षेत्रमा व्यवस्थित सिँचाइ सुविधा नपुगेकाले त्यतातिर ध्यान केन्द्रित भई आफ्नो कार्यकालसम्म नागरिकले महुशुस गर्ने गरी कृषि उत्पादन बढाउनलाई समेत योजना बनाई कामलाई अघि बढाउने बताउनुभयो ।


बर्दिया र बाँकेमा बाढि, डुबान, कटान लगायतका समस्यालाई आफूले नजिकबाट नियालेको बताउँदै मन्त्री गौतमले बर्दियामा सञ्चालित राष्ट्रिय गौरवका सिँचाइ आयोजना र विभिन्न स्थानमा रहेका नदी कटानका समस्या समाधान गर्न आफ्नो कार्यकालमा आफूले जोड दिने उहाँले बताउनु भएको छ ।
भेरी बबई डाईभर्सन, सिक्टा सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरवका आयोजनासँग नजिक भएको र यस क्षेत्रकै सांसद भएकाले पनि सरकारले आफूलाई सिँचाइ मन्त्रीको जिम्मेवारी सुम्पिएकाले आफ्नो छोटो कार्यकालमै राष्ट्रिय गौरवका आयोजनाहरुलाई दु्रत गतिममा अगाडी बढाउने समेत उहाँले बताउनुभयो ।
सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेपछि बाँके र बर्दियामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्ने क्रममा पहिलोपल्ट गृह जिल्ला बर्दिया आउनुभएका मन्त्री गौतमले सोमबार बबई सिँचाइ आयोजना अन्र्तगत सानोश्री, ढोढरी, बगनाहा, बैदी लगायत बबई नदी किनारको निरिक्षण गर्नुभएको छ । मन्त्री गौतमले बबई सिँचाइ आयोजना बैदिमा स्थानीय बासिन्दा र सरोकारवालाबिच नदी कटानका विषयमा छलफल समेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *