चितवनमा बाढीबाट विस्थापित घर फर्कन सुरु

किशोर खनाल, भरतपुर । तीनदेखि लगातार परेको पानी सोमबार दिउँसोबाट पर्न छोडेपछि चितवनका विस्थापितहरु गन्तव्य तर्फ फर्कन सुरु गरेको छन् । घर फर्कन सुरु गरे पनि उनीहरूको घरमा खाने अन्न केही पनि छैन । बाढीबाट विस्थापित भएका परिवारहरू बिस्तारै घर फर्कन सुरु गरेका हुन् । भरतपुर महानगरको १३ नम्बरमा ४२ घर, २७ नम्बरमा ४५० घर २८ मा पनि ४०० घरधुरी विस्थापित भएका थिए । उनीहरू अहिले घर फर्कन सुरु गरेका छन् । तीनदेखि घरबाट विस्थापित भएर स्कुल तथा सामाजिक संघसंस्थाको भवनमा आश्रय लिएर बसेका विस्थापितहरु बिस्तारै घर जान थालेका छन् ।

पानी पर्न रोकिएपछि खोला तथा नदीहरूमा पानीको बहाब घट्दै गएको छ । सबैभन्दा बढी भरतपुर महानगरको २७ नम्बर वडामा ४५० घरधुरी विस्थापित भएका थिए । उनीहरू पनि घर फर्कन सुरु गरेका छन् । विस्थापित भएकाहरुलाई भरतपुर महानगरपालिकाको एक टोली राहत सामग्री लिएर गन्तव्यतर्फ लागेको छ । ‘हामीले राहत सामग्री (चामल, दाल, औषधि, लत्ताकपडा र ड्राइफुट लिएर पश्चिम चितवनको मैघौलीतर्फ जाँदैछौँ’ भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले भनिन् ।

भरतपुर महानगरपालिकाले राष्ट्रिय वाणिज्य बैङ्क भरतपुरस्थित विपद् व्यवस्थापन कोष भरतपुर महानगरपालिका खाता नं. ६२४१ मा रकम जम्मा गरिदिन इच्छुक व्यक्ति तथा संघसंस्थालाई अनुरोध गरेको छ ।

‘बाढीले पु¥याएको क्षतिले प्रभावित व्यक्तिहरूलाई उद्धार राहत र पुनस्र्थापनाको लागि इच्छुक नागरिक तथा संघसंस्थालाई आ–आफ्नो क्षेत्रबाट सहयोगको लागि महानगरपालिका हार्दिक अनुरोध गरिएको छ’ भरतपुर महानगरबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

पानी पर्न रोकिएपछि नारायणगढ मुग्लिन सडक पनि सञ्चालनमा आएको छ । आज बिहान १०ः३० बजेबाट नारायणगढ मुग्लिन सडक सञ्चालनमा आएको चितवन ट्राफिक प्रमुख सन्तोष पन्तले बताए । नारायणी नदीमा पनि पानीको बहाब घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *