भारतीय राजदुतका गतिविधि आपत्तिजनक : राजमो

कात्तिक १९, काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय राजदुत मञ्जिवसिंहको गतिविधि तत्काल रोक्न सरकारसँग माग गरेको छ । पुरीले २ न. प्रदेशमा अनावश्यक सक्रियता बढाएको भन्दै उनको सक्रियता आपत्तिजनक रहेको बताएको छ ।

राजमो अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै राजधानीमा हतियार सहित भारतीयहरु भेटिनु र भारतीय राजदुत २ नं प्रदेशमा सक्रिय रहनुले भारत निर्वाचन बिथोल्न खोजेको आशंका गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘काठमाडौंमा गत बुधबार दुईजना भारतीयहरुलाई अटोमेटेड अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने प्रसस्त गोलीहरु सहित नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको संवेदनशीलताको बेलामा ती दुई जना भारतीयहरुले हतियारले फायरिङग गरेको अवस्थामा भेटिनु गम्भीर कुरा हो । यसले राज्यको कमजोर सुरक्षा स्थितिलाई बताउँछ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन हामीले जोड दिन्छौं ।

भारतीय राजदूत मनजित पुरी यतिबेला २ नं। प्रदेशका जिल्लाहरुमा निर्वाचनलाई प्रभावित पार्न सक्रिय भएका समाचारहरु आइरहेका छन् । यो सबैलाई थाहा भएको कुरा हो कि भारतीय विस्तारवादले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको छ । नेपाली जनताले बनाएको संविधान अहिलेसम्म त्यसले स्वीकार गरेको छैन । यो संविधानलाई कार्यान्वयन हुन नदिन र यसअन्तर्गत हुने निर्वाचनलाई असफल बनाउन वा मधेशवादीसहितको नेपाली कांग्रेसको गठबन्धनलाई सहयोग गर्न भारत सक्रिय रहेको छ ।

पहाडबाट तराईलाई अलग गराउन दबाव दिन नाकाबन्दी गर्यो । ५ नं। प्रदेशका तराईका जिल्लाहरुलाई पहाडबाट अलग गर्न ठूलो कसरत गर्यो। यी कुरामा भारत असफल बन्दै गएको छ । गत स्थानीय चुनावमा भारतीय विस्तारवादका अग्रदस्ता बनेका मधेशवादीहरुलाई मधेशी जनताको कति समर्थन रहेछ प्रष्ट भएको छ । नेपाली कांग्रेससहितको गठबन्धनलाई जिताउनको लागी राजदूत पुरी सक्रिय भएका हुन् ।

भारतीय विस्तारवादको हस्तक्षेपकारी भूमिकालाई नेपाल सरकारले रोक्नुको सट्टा त्यसबारे अमूक रहनुको अर्थ हो त्यसलाई मौन समर्थन गर्नु । सरकारले यसप्रकारको कार्यलाई मौन समर्थन गर्ने कुराप्रति हाम्रो गम्भीर आपत्ति छ र त्यसको हामीले विरोध गर्दछौं । सुरक्षाको स्थिति मजबुत पार्न र राजदूत पुरीका त्यसप्रकारका क्रियाकलाप तत्काल रोक्न हामीले सरकारसँग आग्रह गर्दछौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =