राष्ट्रपति भण्डारीविरुद्ध खनिएका पत्रकार पक्राउ परे

काठमाडैं,असार २९ । राष्ट्रपति विद्यादेबी भण्डारीविरुद्ध फेसबुकमा जथाभावी लेख्ने एक जना पत्रकार पक्राउ परेका छन् ।

केही समयअघि राष्ट्रपतिका लागि १६ करोडको गाडी खरिद गर्ने भन्ने समाचारप्रति जनमानसबाट चौतर्फी आलोचना भएको थियो । यसै प्रकरणसंग जोडेर एक जना पत्रकारले राष्ट्रपति भण्डारीविरुद्ध अपमानजनक शब्द प्रयोग गरेका थिए । पेशाले पत्रकार रहेका प्यूठानका सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

रेडियो तौलिहवामा कार्यरत उनलाई स्टेशन बाहिरबाटै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी गराएको छ । सुनारले फेसबुकमा अनैतिक तवरले राष्ट्रपति भण्डारीविरुद्ध गाली गलौज गरेका छन् । अहिले सुनारमाथि साइबर मुद्धाअन्र्तगत रहेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *