भारतमा प्रहरीबाट एक नेपाली लुटिएपछि…

साउन १८, भारत । भारतको बिहार राज्यमा एक जना नेपाली युवक लुटिएका छन् । बिहारको मंगुरस्थित बरियारपुर भन्ने ठाउँमा बहिनीलाई भेट्न गएका झापा गाउँपालिका–५, शरणामतीका मोहन ओली लुटिएका हुन् ।

उनको साथबाट १५ हजार भारतीय रुपैयाँ, दुई वटा मोबाइल सेट र कागज पत्र लुटिएको हो । गत असार ३० गते बहिनी भक्तिदेवीको घरमा पुगेका उनी सोही दिन मध्यराति लुटिएका थिए ।

ओलीले बर्दीमा आएका प्रहरीले दुर्व्यवहार गर्दै लुटपाट गरेको गुनासो गरे । प्रहरी थानामै पुगेर लुटिएको समान माग्दा समेत उल्टै धम्क्याइएको ओलीको बताए ।

बहिनीको घरमा गएको वेला आफूमाथि दुव्यवहार भएपछि मोहनले भारतको राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, कानुन मन्त्री, विदेश मन्त्री, बिहार सरकारका मुख्य मन्त्री, नेपाली दूतावास नयाँ दिल्ली, पुलिस महानिर्देशक लगायतसमक्ष दोषीलाई कारबाही माग गर्दै उजुरी समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *