बार्सिलोनाले नेइमारकाे सट्टा लिभरपुलका काउटिन्हो भित्र्याउने पक्का
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
एजेन्सी । बार्सिलोनाले नेइमार बाहिरिएपछि उनको स्थानमा लिभरपुलका फिलिप काउटिन्होलाई क्लबमा भित्र्याउने पक्का भएको छ । बार्सिलोना स्टार लिओनल मेसीले आफ्ना नजिकका साथीहरुलाई काउटिन्हो यसै सिजनदेखि क्लबमा भित्रिन लागेको जानकारी गराएका छन् । नेइमार यसै साता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जादैँ छन् ।
स्पेनिस पत्रिका डारियो गोलले काउटिन्हो बार्सिलोनाका व्यवस्थापक इर्नेस्टो भाल्भेर्डेको पहिलो रोजाई रहेको बताएको छ ।
यसअघि लिभरपुलले काउटिन्होका लागि करिब १२ अर्ब १० करोडको बार्सिलोनाको प्रस्ताव अस्विकार गरेको थियो । सन् २०१३ मा इन्टर मिलानबाट लिभरपुल भित्रिएपछि उनी इङ्लिस क्लबका स्टार खेलाडी हुन् ।
नेइमार पिएसजी जाने भएपछि ब्राजिलियन खेलाडी काउटिन्होका लागि तानातान भएको थियो । नेइमार आफूसँगै काउटिन्होलाई पिएसजी लैजान चाहन्थे ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित