स्वच्छ राजनीतिक अभियानमा जुट्न देशैभरका युवाहरूलाई अाब्हान

कार्तिक २१, काठमाडाैं । लमजुङ चितिका युवा राजेश्वर कमलिले राजनीति शक्ति, सम्पत्ति र चाकरीबाट मुक्त गरी बिचार सिद्धान्तमा आधारित रहेर देश र नागरिक केन्द्रित राजनीतिक अभियानकाे सुरुवात गर्ने बताएका छन् । उनले अबको युवाले अाफ्नाे व्यक्तिगत स्वार्थको लागि राजनीति गर्ने हाेईन देशकाे लागि गर्ने हाे । मुलुक सम्पन्न भए मुलुक भित्रका सम्पूर्ण नागरिक सुखी खुसी हुने भन्दै स्वच्छ राजनीतिक अभियानमा जुट्न देशैभरका युवाहरूलाई अाब्हान समेत गरेका छन् ।

‘जुनसुकै राजनीतिक दल, जाती, धर्म, संस्कृति र परम्परा अवलम्बन गरे पनि पहिले हामी नेपाली हाै त्यसैले देशकाे राष्ट्रिय एकता, सार्बभौमसत्ता, भाैगाेलिक अखण्डता, जातीय सद्भाव, धार्मिक शहिष्णुता, बर्गिय समानता र देशकाे शान्ति सुशासन, विकास र सम्बृद्धिकाे लागि युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बेला अाएकाे छ’, उनले भने ।

आफू नेपालकाे प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय युवा नेतृत्व सम्मेलनमा भाग लिन जाँदा त्यहाँको विकासबाट आफू प्रभावित भएकाेले नेपालमा पनि त्यस्तै विकास हुन स्वच्छ राजनीति र सुशासन आवश्यक छ, उनले भने । देशैभर स्वच्छ राजनीतिकाे बहस चलाउने अभियानमा आफू दृढताका साथ लाग्ने भन्दै याे अभियानमा साथ दिन सबैसँग आग्रह गर्दै अाफ्नाे निजी स्वार्थका लागि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्ने साहस नभएकाहरुले मुलुक परिवर्तन गर्न सक्दैनन् । भाषण र घाेषणापत्रले मात्रै देश विकास हुन सक्दैन विकास हुन याेजना खुबी, साहास चाहिन्छ । अाफ्नाे राजनीति निस्वार्थ तरिकाले देश र नागरिकको सेवामा समर्पित गर्न भन्दै कमलिले बिचारकाे राजनीतिक प्रतिस्पर्धा गर्न राजनीतिक दलहरूलाई आग्रह समेत गरे ।

पार्टी कमजाेर हुनु नेताहरू बिग्रनुमा आम कार्यकर्ताकाे भूमिका हुन्छ, कार्यकर्ताले नेताहरूलाई खवरदारी गरिरहनु आवश्यक छ । राजनीतिक दल आफै खराब नहुने तर त्यसमा खराब मान्छेहरुकाे प्रवेशले पार्टी सङ्कटमा फस्ने हाे त्यसैले पार्टीमा खराब चरित्रको मान्छे हाबी हुन दिनु हुँदैन, उनले भने ।

लमजुङको बेशिसहर – ११ निवासी कमलि हाल काठमाडौँमा रहेर राजनीति लगायत अन्य सामाजिक कार्यहरूमा लगनशील भएर लागेका छन् । उनी राष्ट्रका ७५ युवा संस्था नामक टेलिभिजन कार्यक्रमका प्रस्ताेता एवम् निर्देशक समेत हुन् । उनी बायाेमेडिकल इन्जिनियरिङ कलेजका स्वबियु सभापतिका साथै युवा प्रतिभा सम्मान वर्ष २०७४ बाट सम्मानित प्रतिभावान युवा समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *