नेकपाका तीन कार्यकर्ता पक्राउ
२०७४ जेठ १५ गते

मंसिर ४, झापा । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिए ।
प्रहरी उपरीक्षक केसीका अनुसार कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसाईं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती रहेका छन् । उनीहरुलाई आइतबार निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








