गौचनको हत्या रहस्यमय: भारतीय ‘सार्पसुटर’ पक्राउ

काठमाडौं, असोज  २४ ।  नेपाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको  हत्या रहस्यमय बन्दै गएको छ ।  सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो अहिले विभिन्न आफवाह फैलिएको छ , प्रहरीले अफवाहको पछि लाग्ने कुरा भएन,, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।

भारतीय सार्पसुटर पक्राउ 

भारतबाट काठमाडौं आएका दुई जना सार्पसुटर पक्राउ परेका छन् ।  शनिबार काठमाडोंका जोरपाटीस्थित नरायणटारबाट पक्राउ परेका दुवै जना भारतीय सार्पसुटर रहेको तथा भारतीय प्रहरकिो खोजीको सुचीमा रहेको नेपाल प्रहरीले जनाएको छ ।

उनीहरु बसैको हत्याका लागि नेपाल आएको  प्रहरीको आशंका गरेको छ ।  पक्राउ पर्नेमा भारतीय रक्सौलका दिपकुमार श्रीवास्तव  र रन्जनकुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *