के तपाईं पनि हरेक दिन यी गल्ती त गरिराख्नु भएको छैन ?

काठमाडौँ । तपाईंले थाहै नपाई हरेक दिन दुईवटा गल्ती गरिरहनु भएको होला । जसको बारेमा तपाईंले सोच्नु पनि भएको छैन होला । किनभने यो हाम्रो बानी नै बनिसकेको छ ।

१. ब्रस गर्दा
हामी बिहान उठेर प्रायः गर्ने सबैभन्दा पहिलो काम भनेको दाँत माझ्ने नै हो । सबै यसलाई चाँडोभन्दा चाँडो सिध्याउन चाहन्छन् ।
तर, दाँतका विशेषज्ञहरुका अनुसार दाँत माझ्न कम्तिमा दुई मिनेट आवश्यक हुन्छ । तर, एक सर्वेक्षणले धेरै मानिसहरु औसतमा ४५ सेकेण्डमा मात्र ब्रस गर्ने देखिएको थियो ।

यसले दाँतमा कुनै फाइदा नगर्ने उनीहरुको भनाई छ ।

यदी तपाईंले दुई मिनेटको नियम पालना गर्नु भयो भने दाँतमा देखिने समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ ।

२. टुथब्रसको आयु
कुनै टुथब्रसको माथिल्लो भागमा रहेको ब्रसको स्वरुप नबिग्रेसम्म हामी एउटै टुथब्रस प्रयोग गर्छौँ । तर, एउटा टुथब्रसको एक्सपाइरी मिति भनेको मात्र दुई महिनाको हुन्छ । यो भन्दा धेरै एउटै ब्रसलाई प्रयोग गर्नु हुँदैन । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *