धार्मिक पर्यटन प्रवर्धनका लागि विन्ध्यवासिनीमा लिफ्ट

पुस ६, पोखरा । पोखराको पुरानो र प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान लक्ष्मी ग्रुपले स्थापनाको ४५औं वर्ष पुगेको अवसरमा बिन्ध्यवासिनी मन्दिरमा सुविधासम्पन्न लिफ्ट बनाउने घोषणा गरेको छ। धार्मिक पुजापाठ गर्न मन्दिर पुग्ने बद्धबृद्धालाई सुविधा प्रदान गर्ने उद्देश्यले ग्रुपले विन्ध्यवासिनी मन्दिरमा लिफ्ट बनाउने घोषणा गरेको हो ।

लिफ्ट बनाउने सम्झौतापत्रमा समूहका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले हस्ताक्षर गरेका छन् । ८० लाख रुपैयाँ लगानीमा ग्रुपले लिफ्ट बनाउन लागेको हो ।
समूहका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले बर्सेनि सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको बताए। हामीले वार्षिक अवसरमा विभिन्न सेवामुलक काम गर्दै आएका छौँ,’ उनले भने,‘यस पटक विन्ध्यवासिनी मन्दिरमा लिफ्ट बनाएर नयाँ रचनात्मक कामको सुरुआत गरेका हौँ।’

वार्षिकोत्सवकै अवसरमा ग्रुपले पोखरेली युवा सांस्कृृतिक परिवारलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । गु्रपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठले परिवारका अध्यक्ष दीपक समीपलाई चेक हस्तान्तरण गरेका हुन् । २०३० सालमा मिठाई बनाउन सुरु गरेको लक्ष्मी गु्रप अन्तर्गत अहिले १० ओटा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन् । गु्रपमा १ हजार ६ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको छन्।

समूहले छिट्टै सिमेण्ट उद्योग तथा पर्यटन क्षेत्रमा पनि लगानी गर्ने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिएका छन् । वार्षिकोत्सवको अवसरमा गु्रपले कर्पोरेट कार्यालयमा रक्तदान कार्यक्रमसमेत गरेको छ । उक्त अवसरमा १ सय ७ जनाले रक्तदान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *