यस्ता छन् आजका पत्रपत्रिकामा समाचार

बाढीले वितण्डा मच्चाउँदा मोरङमा तीन जनाको मृत्यु 

लगातार बर्षाका कारण बाढीले वितण्डा मच्चाउँदा मोरङमा तीन जनाको मृत्यु भएको छ । पूर्वी क्षेत्रको मुख्य शहर विपराटनगरमा पछिल्लो ३० बर्ष अवधिकै ठूलो बाढी आएर डुबान भएको छ ।

त्यस्तै, पहिरोले घर पुरिँदा लेटाङ नगरपालिका १ मा शनिबार ४० बर्षकी गोपीमाया तामाङको मृत्यु भएको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बाढीले पूर्व पश्चिम राजमार्गको पुल जोखिममा

बाढीले पूर्व पश्चिम राजमार्गको पुल जोखिममा परेको छ । जमिन कटान गर्न थालेपछि जोखिम बढेको हो । भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ ।

स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन् । १२ बर्षीया बालिकामाथि भएको बलात्कार साता दिनपछि बाहिर आएको हो । साउन ९ गते घरनजिकै बाख्रा चराउन गएकी बालिकालाई दाजु साईनो पर्ने ३२ बर्षीय मेघराज श्रेष्ठले बलात्कार गरेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।

नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ बर्सेनी हराउँदै 

नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ बर्सेनी हराउँदै जान थालेका छन् । जिल्लाको मानखोला पुर्वमा रहेको ४१ नम्बरको पिलरदेखि सीमावर्ती कतर्निया मुख्य पिलर नं. ९८ सम्मा पर्ने ८२ किलोमटिरभित्र पर्ने पिलर बर्षेनी हराउने गरेको पुष्टि भएको छ ।

यस बर्ष गुलरिया नगरपालिका १० महजिदियास्थित गाडिएको पाँच वटा सहायक स्तम्भ केहि दिनदेखि अघि हराएको छ ।
नदी तटीयक्षेत्रका सीमा स्तम्भ बाढी बगाउने प्रशासनले औँल्याए पनि अन्य सीमा स्तम्भ हाउने कारण पुष्टि हुन सकेको छैन ।, यो खबर आजको नागरिकमा छ ।

कुकुर र बाँदर भगाउन विमानस्थलमा रेक्युरिटी गार्ड

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र प्रवेश गर्न सक्ने जंगली जनावरको निगरानीका लागि सेक्यूरिटी गार्ड खटाइएको छ । जंगली जनावरलाई विमानस्थल क्षेत्रभित्र प्रवेश रोक्ने र मानवीय गतिविधिमा समेत निगरानी गर्ने उद्देश्यले विमानस्थलमा गरुड रेक्यूरिटीबाट ५ जना सुरक्षा गार्ड खटाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्ययले जानकारी दिए ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

विद्युत् अवरुद्ध गरे पाँच लाख जरिवाना

अब ग्राहकलाई पूर्व सूचनाबिना विद्युत् सेवा अवरुद्ध गरेमा सेवा प्रदायकलाई पाँच लाख रुपियाँसम्म जरिवाना हुनेछ ।  विद्युत्लाई आधारभूत सेवामा परिभाषित गर्दै सेवा अवरुद्ध गरे उत्पादन, प्रसारण तथा व्यापारको अनुमति प्राप्त व्यक्ति वा सङ्गठित संस्थालाई जरिवाना हुने व्यवस्था गरिएको हो । व्यवस्थापिका संसद्ले विद्युत् नियमन आयोग गठन विधेयक पारित गर्दै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार बनाएको छ ।  गोरखापत्रमा नारायण काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *