मदिरा र जुवातास नियन्त्रणमा महिला
मकालु खबर
२०७४ जेठ १५ गते
“
बैतडी, साउन १८ । मदिरा र जुवातासले महिला तथा बालबालिकाहरुमाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीका महिलाहरु नियन्त्रण गर्न अभियानमा जुटेका छन् । जुवातास बन्द गर्नुपर्ने र मदिरा सेवन तथा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै जिल्लाको दोगडाकेदार ३ श्रीकोटका महिलाहरु अस्तिदेखि आन्दोलित भएका हुन् ।
उनीहरुले हातमा मदिरा विरोधी पम्पलेट बोकेर नाराबाजी गर्दै महिलाहरुले अस्ति र हिजो लगातार नाराजुलुस नै गरेका छन् । मदिरा र जुवातासले महिला तथा बालबालिकाहरुमाथि हुने हिंसामा वृद्धि हुन थालेको भन्दै संघर्ष समिति गठन गरी अभियान थालेका हुन् । अगुवा लक्ष्मी ओडको नेतृत्वमा महिला जागरण उत्थान समुह गठन गरेर डाङ, खोचलेक, सिल्लेगडा हुँदै घोडेधारसम्म नाराजुलुससहित मदिरा र जुवातास बन्द गनुपर्ने माग गरेका हुन् । अभियान जारी राख्ने उनीहरुको भनाइ छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित