ओखलढुगांका रगनीमा खटिएका प्राविधिकले लाभग्राहीबाट पैसा उठाउँदै

ओखलढुंगा, साउन १८ । आवास पुणनिर्माणका लागि ओखलढुगांको खिजीदेम्बा गाउँपालिकाको रगनीमा खटिएका प्राबिधिकले लाभग्राहीहरुबाट पैसा असुल्ने गरेका छन् । रगनीमा खटिएका असिस्टेन्ट सब इन्जीनियर कृष्णबहादुर पहरीले सोमबारबाट पहिलो किस्ता र दोस्रो किस्ताको फारम सिफारिस गरेबापत रकम उठाइरहेको स्थानीय भुकम्पपिडित नारायण श्रेष्ठले बताउनुभयो ।

पहरीले पहिलो किस्ताको सिफारिस बापत एक सय र दोस्रो किस्ताको सिफारिसका लागि २ सय रुपैँया लिइरहेको भुकम्पपिडित श्रेष्ठको भनाइ छ । लाभग्राहीबाट पैसा असुल्ने प्राबिधिकले पनि आफुले पैसा लिएको स्वीकारेका छन् । प्राबिधिक पहरीले आफुभन्दा ठुला भनिने इन्जीनियर अरुण महतोको निर्देशनमा पैसा असुलेको बताउनुभयो । १४ जनाबाट पैसा लिएको र त्यो फिर्ता गर्ने पहरीले बाचा गरेका छन् । प्राबिधिक पहरीले आफुले १४ जनाको पैसा असुलेको स्वीकारेको छ ।

यस विषयमा खिजीदेम्बा गाँउपालिकाका प्रमुख बेदबहादुर रोकाले त्यस विषयमा छलफल भइरहेको र सत्यतथ्य भए तत्काल कानुन अनुसार कारबाही हुने बताउनुभयो । वडा अध्यक्षहरुबाट पनि गुनासो आएकाले सोही बिषयमा प्रमाण खाजेर कारबाही गर्न आफुले कुनै कसुर बाँकी नराख्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *