भरपर्दा खेलाडी अस्वस्थ भएपछि विकल्पमा नरेश

असोज २६, काठमाडौँ । नेपालका ब्याट्सम्यान शरद भेषावकर हङकङविरुद्ध नखेल्ने भएका छन् ।

नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हङकङ विरुद्ध शुक्रवार र आइतबार खेल्दैछ । नेपाली टोली हङकङ पुगिसकेको छ । तर, ज्वरो आएपछि शरदले दुवै खेल गुमाएका हुन् ।

उनको स्थानमा नरेश बुढायरलाई टिममा बोलाइएको नेपाली टोलीका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । उनी भोलि हङकङ पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *