नेइमार आउँदो साता बार्सिलोना छाडेर पिएसजीमा आवद्ध हुदै

एजेन्सी । ब्राजिलीयन सुपरस्टार नेइमार आउँदो साता बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनी (पिएसजी) मा आवद्ध हुने सम्भावना बलियो भएकाे छ। श्रोतका अनुसार फ्रेन्च क्लबले नेइमारका लागि बार्सिलोनाले राखेको करिब २६ अर्ब ७५ करोड (२२ करोड २० लाख युरो) रुपैयाँको ‘रिलिज क्लज’ लाई स्विकार गरिसकेको छ । साथै, एकमुष्ठ यो रकम पिएसजीले क्याटलान क्लबलाई उपलब्ध गराउँदै छ ।

यस अघि पिएसजीले ‘इन्स्टलमेन्ट’ मा रकम दिने प्रस्ताव अगाडि सारेको थियो । तर, त्यसलाई स्पेनिस क्लबले अस्विकार गरेपछि नेइमारको फ्रेन्च क्लबमा आवद्ध हुने योजना लम्बिएको थियो । नेइमारको अनुबन्धको विषयमा यसै साता दुवै क्लबले आधिकारीक घोषणा गर्ने बताइएको छ । नेइमार बार्सिलोना र नाइक बीचको व्यवसायिक प्रवद्र्धनका लागि हाल चीनमा छन् । उनी त्यसपछि पिएसजीसँगकाे सम्झौतामा हस्ताक्षर र मेडिकल चेक अपका लागि कतार उत्रिने कार्यक्रम रहेकाे जनाइएकाे छ ।

नेइमारले पिएसजीमा ठूलो पारिश्रमिक रकम र क्लबमा आवद्ध भएबापत उस्तै बोनस पाउने छन् । पिएसजीको प्रस्ताव दुई साता अघि नेइमारले स्विकार गरेको बताइएको छ । गत आइतबार अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत ‘अल क्लासिको’ भिडन्तमा रियल म्याड्रिडसँग भिडेपछि नेइमार बार्सिलोना नफर्कि चीनतर्फ लागेका थिए । उनी अब बार्सिलोना फर्किने सम्भावना लगभग समाप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *