निर्वाचित जनप्रतिनिधिहरुको दैनिकी : चिसो पिउँदै, ताली बजाउँदै

नेपालगन्ज, साउन २ । नेपालगन्ज उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम रोकिएको छैन । आज पनि  नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम आयोजना गरि हर्षाेल्लासका साथ मनाइएको छ ।

धम्बोझी माध्यमिक विद्यालय नेपालगन्जले आज नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । नगरका मेयर डा. शम्सेर राणा, उपमेयर उमा थापा मगर, वडा नं.१ का वडा अध्यक्ष प्रमोद रिजाल लगायत सदस्यहरूलाई एक कार्यक्रमका बिच सम्मान गरेको हो ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मेयर डा. राणाले सरकारी विद्यालयको क्षेत्रमा धम्बोझी विद्यालयले स्तरोन्नती गरेको बताउनुभयो । नगरको हकमा सबैभन्दा विद्यार्थीलाई राम्रो शिक्षा दिइरहेको धम्बोझी विद्यालयको लागि भवन आभाव भएको हुनाले यसलाई सक्दो पहल गरी पुरा गर्ने प्रतिबद्धता जनाए । डा. धवलले यही बर्खा लगत्तै वाटरपार्कलाई पनि पुनस्थापना गर्ने बताए ।

नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीहरूको सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा पुग्नुभएका मेयर डाक्टर धवलले विद्यालयको हरेक कक्षा कोठामा पुगी अनुगमन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *