बहु क्षेत्रीय पोषण आयोजना अन्र्तगत बाख्रा र कुखुरा वितरण

मुगु, साउन ५ । मुगुमा जिल्लामा सञ्चालन भएको बहु क्षेत्रीय पोषण आयोजना अन्र्तगत कुखुरा र बाख्रा वितरण गरिएको छ । गर्भवती भएदेखि दुई महिनासम्मका बालबाालिका रहेका घरधुरीलाई आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले कुखुरा र बाख्रा वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाको एक नगरपालिका, सोरु र खत्याड गाउँपालिकामा रहेका सुनौलो हजार दिनका बच्चा र आमाको लागि कुखुरा र पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा बाख्रा वितरण गरिएको हो । युनिसेफको १५ लाख सहयोगमा सुनौलो हजार दिनभित्र परेका आमालाई अभिमुखिकरण तालिम दिएर कुखुरा र बाख्रा वितरण गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक भिमचन्द्र बुढाले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति, जिल्ला पशु सेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास कार्यालय र महिला तथा बालबालिका कार्यालयले गरी यस आयोजना अन्र्तगत ९० लाख रकम खर्च गरेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *