बिहेलगत्तै बेहुलीले बेहुलाको शीरमा पेस्तोल तेर्स्याएपछि

वासिंटन, साउन १८ । अमेरिकामा एक महिलाले विवाहलगत्तै आफ्नो दुलाहाको शीर पेस्तोल तेर्स्याएपछि ती महिलालाई प्रहरीले गिरफ्तार गरेको छ ।

समाचार एजेन्सीहरुका अनुसार २५ वर्षीय एलिजाबेथ प्रिचार्डले विवाहलगत्तै आफ्नो दुलाहाको शीरमा पेस्तोल तेर्स्याएर ट्रिगर दबाएकी थिइन् । तर पेस्तोलमा गोली नभएका कारण मानवीय क्षति नभएको बताइएको छ ।

३१ जुलाइमा टेनेसी प्रान्तमा भएको सो घटनालगत्तै उनलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीका अनुसार ती महिलाले पछि पेस्तोलमा गोली लोड गर्दै हवाइ फायरसमेत गरेकी थिइन् ।

कयौं राउन्ड हवाइ फायर गरेपछि त्यहाँ आतंक सिर्जना भएको थियो । प्रहरीले घटनास्थल पुगेर प्रत्यक्षदर्शीसँग बयान लिएको थियो ।

प्रत्यक्षदर्शीले दिएको बयानअनुसार बेहुलाबेहुलीले मादक पदार्थ सेवन गरेका थिए । उनीहरु आपसमा विवाद गर्न थालेका थिए । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *