सेनाको गणमै विस्फोट

काठमाडौँ, माघ १९ । काठमाडौँको महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा बम विस्फोट हुँदा ६ सैनिक घाइते भएका छन् ।

तालिमको क्रममा विस्फोट हुँदा घाइते हुनेमा २० वर्षीया शर्मिला कार्की, शुष्मा कुमाल, १९ वर्षीया राजमाया घले, दीपिका बस्नेत, विक्रम पाण्डे र पुरुषोत्तम ठकुरी रहेका छन् ।


घाइतेमध्ये दीपिका बस्नेतको अवस्था गम्भीर रहेको बताइएको छ । तालिमका क्रममा बिहान करिब साढे ९ बजे ग्रिनेड विस्फोट भएको सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।

घाइते सबैको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *