शाहरुख खानः डेब्युदेखि वर्तमानसम्म दोहोरिरहेका चरित्र

काठमाडौं, साउन १८ । शाहरुख खानको पहिलो चलचित्र ‘दीवाना’ मा ‘कोई ना कोई चाहिए प्यार करने वाला’ बाट उनको इन्ट्री हुन्छ । त्यसपछि उनी दिव्या भारतीलाई प्रेम गर्न थाल्छन् । दिव्या भारती चलचित्रमा दिवंगत भइसकेका ऋषि कपुरकी श्रीमती हुन्छिन्, जसले आफ्ना श्रीमान्लाई औधी माया गर्छिन् ।

चलचित्र ‘डर’ मा जुही चावलालाई अन्तिमसम्म शाहरुखले पछ्याउँछन् । जुही सनी देओलकी हुनेवाली श्रीमती हुन्छिन् । शाहरुख खान जुहीलाई मन पराउँछन् । चलचित्र ‘कभी हाँ कभी ना’ मा आफ्नै मिल्ने साथीकी प्रेमिका आनामाथि शाहरुखले आँखा लाउँछन् । चलचित्र ‘अंजाम’ मा माधुरी दीक्षित, दीपक तिजोरीकी श्रीमती हुन्छिन् । शाहरुखले माधुरीलाई मन पराउन थाल्छन् । उनलाई पाउनका लागि शाहरुख जे गर्न पनि तयार हुन्छन् ।

चलचित्र ‘कोयला’ मा माधुरी दीक्षित अमरिश पुरीकी श्रीमती हुन्छिन् र शाहरुख खान त्यस घरका नोकर हुन्छन् । शाहरुख माधुरीलाई प्रेम गर्न थाल्छ्न् र उनलाई लिएर भाग्छन् ।

चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएँगे’ मा शाहरुखले सिमरनलाई विवाहबाटै भगाएर लान्छन् । त्यसपछि शाहरुखले सिमरनका हुनेवाला श्रीमान्सँग मित्रता गर्छन् र उनलाई अन्त्यमा धोका दिन्छन् । चलचित्र ‘यस बोस’ मा शाहरुख आफ्ना बोसका गर्लफ्रेन्डको हेरचाहमा हुन्छन् तर उनले ज्यादै नै हेरचाह गरिहाल्छन् ।

चलचित्र ‘दिल तो पागल है’ मा माधुरी दीक्षितका बालापनका साथीसँग उनी प्रतिबद्ध हुन्छिन् तर शाहरुख खानले थाहा पाए पनि चलचित्रभरी नै उनकै पछिपछि हुन्छन् ।

चलचित्र ‘देवदास’ मा पहिले शाहरुख ‘पारो’ सँग प्रेम गर्छन् । समाजका लागि उनलाई छाडिदिन्छन् तर उनको विवाहका दिन उसलाई कुटपिट गर्छन् र विवाहपछि उनीसँग प्रेम गर्न थाल्छन् । यतिसम्म कि उनको घरमै गएर मृत्युवरण गर्छन् ।

चलचित्र ‘कुछ कुछ होता है’ मा राहुल बनेका शाहरुख मित्रतापछि टिना (रानी मुखर्जी) सँग विवाह गर्छन् । शाहरुखको प्रेममा परेकी अञ्जली (काजोल) ले राहुललाई बिर्सन ८ वर्ष लगाउँछिन् । अञ्जलीले वर्षौंपछि सलमान खानसँग विवाह गर्न आँटेकी हुन्छिन् । तर राहुल आउँछन् र विवाहको मण्डपमा अञ्जलीलाई दोधारमा पार्छन् ।

शाहरुख खानको फिल्मी भूमिकाका यी प्रतिनिधि तर उस्तै चरित्र भएका चलचित्र हुन् । यसबाहेक पनि अन्य चलचित्रको लामो सूची छ ।

भर्खरै मिडियामा शाहरुख र अनुष्काको एउटा तस्विर सार्वजनिक भएको छ । शाहरुख र अनुष्का बनारसमा ‘जब हेरी मेट सेजल’को प्रमोशन गरिरहेका छन् । यही क्रममा उनीहरूको शानदार केमिस्ट्री दर्शकले हेर्न पाएका छन् । शाहरुख बनारस पुगेर पानको मजा लिँदै गरेको तस्विर छ । पान भने अनुष्काले खुवाउँदैछिन् । बलिउडमा शाहरुख र अनुष्काको यो स्टाइलले ‘डन’ सिरिजको आगामी चलचित्रमा यी दुईलाई कास्ट गर्न सकिने अनुमान सुरु भएको छ ।

‘जब हेरी मेट सेजल’ मा शाहरुखका पुराना चलचित्रका पात्र ‘राज’ र ‘राहुल’ को मिश्रित चरित्र समेटिएको शाहरुखले सुनिश्चित गरेका छन् । शाहरुख खानले पुरानो जमानाको कुरो अर्कै रहेको उल्लेख गर्दै त्यसताका दर्शकहरू ‘राहुल’ र ‘राज’ जस्ता पात्रहरूमा रुची राख्ने गरेको सुनाए । अहिले भने त्यस्ता पात्रसँग दर्शक टाढा छन् । शाहरुखले अबका ‘हेरी’ ती पात्रको विकल्पमा आएको बताए । त्यस्तै पात्रका रूपमा आएका ‘हेरी’ लाई दर्शकले रुचाउलान ?

चलचित्रमा शाहरुख खान टुरिस्ट गाइड बनेका छन्, जसले अनुष्कालाई युरोप घुमाउँछन् । अनुष्कालाई प्रेम गर्न सिकाउँछन् तर कथामा ट्विस्ट भने अवश्यै छ । अनुष्का भने कसैको पहिलो प्रेम हुन्छिन् ।

शाहरुखको यो चरित्रलाई विश्लेषण गर्ने हो भने विगतका चलचित्रमा निर्वाह गरेको उनको भूमिका भन्दा खासै अन्तर देखिँदैन । यस्ता अनेकौँ चलचित्रमा शाहरुख खानले निर्वाह गरेका भूमिका झण्डै उस्तै चरित्रमा आधारित छन् । चलचित्रमा शाहरुख खानले अर्काकी गर्लफ्रेन्ड, अरुसँगै विवाह हुन लागेका युवती र अर्काकी श्रीमतीसँगको ‘एक्स्ट्रा मेरिटल अफेयर’मा परेको भूमिका निर्वाह गरेका छन् । उनको चलचित्रको इतिहासको फेहरिस्त हेर्दै जाँदा यही चरित्रबीच शाहरुख घेरिएका छन् ।

पुनः उनको आगामी चलचित्र ‘जब हेरी मेट सेजल’ मा यस्तै चरित्र लिएर एकपटक दर्शक माझ आएका छन् । ‘राज’ र ‘राहुल’ को चरित्रको समिश्रण अहिलेका पुस्ताका दर्शकले कति मन पराउने हुन् हेर्न त बाँकी नै छ ।

माथि उल्लेख भएका बाहेक पनि त्यस्तै चलचित्रको सूचीमा पर्ने शाहरुख खान अभिनित चलचित्रहरूमा ‘परदेश’, ‘चलते चलते’, ‘वीर जारा’, ‘पहेली’, ‘कभी अल विदा ना कहना’, ‘ओम शांति ओम’, ‘रब ने बना दी जोडी’ रहेका छन् । यही सूचीमा थपिएको छ, चलचित्र ‘जब हेरी मेट सेजल’ ।

– फिल्मीबिटको रिपोर्टमा आधारित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *