डोपिङको समस्याप्रति विश्व कीर्तिमानी बोल्ड चिन्तित

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १८ । विश्व कीर्तिमानधारी जमैकन धावक युजेन बोल्टले डोपिङको समस्या तत्काल समाधान गर्न नसके एथ्लेटिक्स खेलकै अस्तित्व मेटिने बताएका छन् ।
आफ्नो करियरको अन्तिम प्रतियोगितामा दौडिने तयारी गरिरहेका बोल्टले एथ्लेटिक्स खेललाई मर्न नदिने हो भने खेलाडीहरुले प्रतिबन्धित शक्तिबर्धक औषधिको सेवन बन्द गर्नुपर्ने बताए ।
रुसमा सरकारी निकायहरुले नै डोपिङलाई संरक्षण दिएको प्रतिवेदनतर्फ इङ्गित गर्दै बोल्टले डोपिङको समस्या अहिलेसम्मकै तल्लो स्तरमा रहेको र यहाँभन्दा तल झर्ने ठाउँ नै नभएको प्रतिक्रिया दिए ।
एथ्लेटिक्सलाई बचाउन खेलकुदमा लागेका सबैले डोपिङ विरुद्ध आवाज उठाउनुपर्ने र जिम्मेवार निकायले पनि ठोस कार्यक्रम ल्याउनुपर्ने बोल्टको सुझाव छ ।
ओलम्पिक खेलकुलमा कीर्तिमानी ८ वटा स्वर्ण पदक जितेका बोल्टले यही शुक्रबारबाट लण्डनमा सुरु हुने एथ्लेटिक्स विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन् ।
सय मिटर र चार गुणा सय मिटर रिलेमा दौडिन लागेका बोल्ट यसपटक भने दुई सय मिटरमा दौडिने छैनन् ।
लण्डनमा हुने यो प्रतियोगिता जमैकन धावक बोल्टको लोभलाग्दो खेल करियरको अन्तिम प्रतिस्पर्धात्मक खेल हुनेछ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया