प्रहरीको ‘सेफ्टी पीन’ अभियान

काठमाडौं, साउन १८ ।  सार्वजनिक सवारीमा महिलाविरुद्ध हुने दुव्र्यवहारका दोषी अब उम्कन नसक्ने भएका छन् ।  उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसा नियन्त्रण गर्न महानगरीय प्रहरीले ‘सेफ्टी पीन’ अभियान सुरु गरेपछि दोषी कारवाहीको दायरामा पर्ने भएका हुन्, गोरखापत्रमा खबर छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्ने क्रममा महिला हिंसा हुने गरेको गुनासो बढेपछि सेफ्टी पीन अभियान सञ्चालन गरिएको जानकारी दिए ।  कार्यक्रम अनुसार दुव्र्यवहारमा परेका महिलाले दोषीविरुद्ध कारवाहीका लागि कदम चाल्न सक्ने वातावरण बन्ने छ । प्रहरी सादा पोशाकमा रही दुव्र्यवहारविरुद्ध अवलोकनलाई तीब्रता दिने भए पछि महिला सुरक्षा बढ्ने छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा तैनाथ प्रहरीले गरेका काम कारवाहीको सम्वन्धमा विस्तृत जानकारी दिदैं कार्यालय प्रमुख भण्डारीले शङ्का लागेको प्रत्येक सवारी साधनमा तीनजना सादा पोशाकका प्रहरी परिचालन गरिने बताए । अति गोप्य र आकास्मिक रुपमा सञ्चालन हुने यस्तो अभियानले सवारी साधनमा महिलामाथि हुने सबै किसिमका हिंसा रोकिने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *