ओखलढुगांको खिजीदेम्बा गाँउपालिकाका ९० घर १ महिनादेखि अध्याँरोमा
२०७४ जेठ १५ गते

ओखलढुगां, कात्तिक २२ । ओखलढुगांको खिजीदेम्बा गाँउपालिकामा बिद्युत गृहमा समस्या आएपछि त्यहाँका ९० घरका उपभोक्ता अध्यारोमा बस्न बाध्य भएका छन् ।
खिजीदेम्बाको वडा नं ६ मा रहेको फेदीखोला लघुजलबिद्युत परियोजनाको गृहमा मदरबोर्डमा समस्या आएपछि त्यहाँका स्थानीयले १ महिनादेखि अध्याँरोमा बस्न बाध्य भएका हँन् ।स्थानीय उपभोक्ता जितबहादुर तामाङका अनुसार मेसिनमा खराबी देखिएपछि सबै घरमा बत्ती राम्रोसँग नबलेको बताउनुभयो ।
तामाङले बेलुकाको समयमा ४ बजेदेखि ६ बजेसम्म राम्रोसँग बलेपनि त्यसपछि भने रेडियो बजाउन समेत बिद्युतको पावरले नधानेको गुनासो गर्नुभयो ।त्यहाँका उपभोक्ता १ महिना यता राम्रोसँग बत्ती नबल्दा उपभोक्तासमितिसँग अक्रोश पोखिरहेका छन् ।परियोजनाका अध्यक्ष चन्द्र बहादुर तामाङले भने उपभोक्ता समितिको बैठकपछि मात्रै थप निर्णय हुने बताउनुभयो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








