भरतपुर–१९ को मतपत्र जलाइयो
मकालु खबर
२०७४ जेठ १५ गते
“
चितवन, साउन १७ । पहिलो चरणमा वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत् चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा खसेको मतपत्र जलाइएको छ ।
मंगलबार बसेको सर्वदलीय बैठकमा यही साउन २० गते भरतपुर–१९ मा पुनः मतदान गर्ने सहमति भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधिको रोहबरमा मतदानस्थल भरतपुरस्थित कबर्डहल परिसरभित्र मतपत्र जलाएको हो ।
भरतपुर–१९ मा कुल २ हजार ८९७ मत खसेको थियो ।
मतपत्र जलाइएको तस्वीर र भिडियो लिन सन्चारकर्मीलाई रोक लगाइएपछि चितवनका सन्चारकर्मीहरुले मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेको चर्को विरोध गरेका थिए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित