डोटीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु
२०७४ जेठ १५ गते

कात्तिक १८, बाजुरा । डोटीको केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज विहान जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
केआइसिंह गाउँपालिका तिखातरबाट दिपायलका लागि छुटेको से १ज २०६५ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
उद्धारका लागि प्रहरी टोली र भौतिक तथा यातायात मन्त्री वीरबहादुर बलायरसहितको टोली घटनास्थलतर्फ गएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी छ । रासस
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








