एनआरएनए अध्यक्षमा भवन भट्ट, उपाध्यक्षमा कुमार पन्त विजयी

काठमाडौं, असोज ३१। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी हुनभएको छ । काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी हुनुभएको हो ।

भट्टले ११ सय ९७ मत प्राप्त ल्याउनु भयो भने गुरुङले भने ५ सय ८४ मत प्राप्त गर्नुभयो । निर्वाचनमा कूल १७८८ मतदाताले मतदान गरेका थिए । एनआरएनएका दुई उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य विजयी हुनु भएको छ । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी र महासचिवमा डा.बद्रि केसी विजयी हुनुभएको छ ।

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =