एक सय युवा इजरायल जाँदै


जेठ २२, धनगढी । साना किसान विकास बैङ्क लिमिटेडद्धारा सञ्चालित कार्यक्रमबाट मध्य तथा सुदुरपश्चिमका १ सय युवा इजरायलका लागी छनौट भएका छन् । ईजरायली राजदूतावासको प्रत्यक्ष सहभागितामा नेपालगन्जमा भएको छनोट कार्यक्रममा मध्य तथा सुदुरपश्चिमका १ सय जना साना किसानका विद्यार्थीहरू छनौट भएका हुन् ।
३ सय बढी विद्यार्थीहरू मध्ये १ सय विद्यार्थी गोला प्रथाद्वारा छनौट भएका हुन् । साना किसान विकास बैङ्कले विगत ५ वर्षदेखि प्रत्येक वर्ष १ वर्षका लागि साना किसानका छोराछोरीहरुलाई निःशुल्क रूपमा इजरायल पठाउँदै आएको छ । यस पटक नेपालबाट ५४० जना विद्यार्थीहरू इजरायल जाने साना किसान बैङ्क लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत डा. शिबराम प्रसाद कोइरालाले जानकारी दिए ।
साना किसान विकास बैङ्कको कार्यक्रममा सहभागी हुनकालागि साना किसान कृषि सहकारी संस्था लिमिटेडमा विगत १ वर्षदेखि सेयर सदस्यता लिएर आर्थिक कारोबार गरिरहेको, २२ वर्ष पुरा भएको, प्लस टु पास भएको, र सामान्य अ्रग्रेजी बोल्न जान्ने हुनुपर्ने कोइरालाले बताए ।
साना किसान विकास बैङ्कले हालसम्म १६ सय बढी विद्यार्थीहरूलाई इजरायल पठाईसकेको छ । कृषि अध्ययनका लागि गएका मध्ये २० प्रतिशतले नेपाल फर्केर व्यावसायिक कृषि पेसा अंगालेको साना किसान बैङ्क लिमिटेड नेपालगन्ज शाखाका प्रबन्धक राजेन्द्र भण्डारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =