प्रधानन्यायाधीश पक्राउ

काठमाडौं, माघ २३ । राजनीतिक र संबैधानिक संकट चुलिँदै गएको बेला, मालदिभ्स प्रहरीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अर्का न्यायाधिशलाई पक्राउ गरेको छ ।

सरकारले संकटकाल घोषणा गरेको केही घण्टामा प्रधानन्यायाधीश अब्दुल्ला सईद र अर्का न्यायाधिश अली हमीदलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो भनेको छ । उनीहरुमाथि लगाइएको अभियोग र के विषयमा अनुसन्धान गर्ने हो भन्ने चाहिँ खुलाइएको छैन । अरु न्यायाधिशलाई पनि उनीहरुको इच्छा नहुँदा नहुँदै अदालतभित्रै राखिएको छ ।

सर्वोच्च अदालत प्रहरीले घेरा मारेको छ । मालदिभ्स सरकारले यसअघि नै संसद भंग गर्दै १५ दिनका लागि संकटकाल घोषणा गरेको छ । राजनीतिक बन्दीहरु रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेश राष्ट्रपति अब्दुल्ला यामीनले अस्वीकार गरेपछि मालदिभ्समा राजनीतिक र संबैधानिक संकट चुलिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =