प्रहरीको मोटरसाइकलले ठक्कर दिंदा गम्भिर घाइते

धनगढी, माघ २० । कञ्चनपुरको बेल्डाँडी इलाका प्रहरी मातहतमा रहेको झिलमिला प्रहरी चौकीका इन्चार्ज जयसिह भण्डारीले चलाएको मोटरसाइकले ठक्कर दिंदा एक जना स्थानीयबासी गम्भिर घाइते भएका छन् ।

शुक्रवार साँझ बेल्डाँडी गाउँपालिका वडा नं. ३ बैवाहस्थित दुर्गा चोकमा भण्डारीले चलाएको मोटरसाइकलले पतिराम चौधरीलाई ठक्कर दिंदा चौधरी घाइते भएका हुन् । तिब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित हुँदा चौधरीलाई ठक्कर दिएको थियो । घाइते चौधरीलाई बेल्डाँडी प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याउदा स्वास्थ्य केन्द्रले आफुले नसक्ने भन्दै धनगढी रिफर गरेको थियो ।

धनगढी पुर्याइएका घाइते चौधरीको त्यहाँ पनि उपचार हुन नसकेको बेल्डाँडी गाउँपालिका वडा नं. ३ का अध्यक्ष दुर्गाप्रसाद चौधरीले बताए ।पतिरामको मुखको बङ्ग्रारा टुटेको वडाअध्यक्ष चौधरीले जानकारी दिएका छन् । धनगढीमा पनि उनको उपचार नहुने भनेपछि आफन्त चिन्तित बनेका छन् । चौधरीलाई थप उपचारका लागी काठमाडौं लैजाने तयारी गरिएको छ ।

गाउँघर, कच्ची बाटोमा तिब्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको स्थानीयबासीको भनाई छ । भण्डारीले प्रहरी इन्चार्ज हुँ भन्दै दादागिरी शैलीले गाडी पहिले पनि हाक्दै आएको स्थानीयको आरोप छ । हतारमा तस्करबाट पैसा असुल्ने चक्करमा दुर्घटना भएको एक स्थानीयले नाम नखोल्ने शर्तमा बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =