के हो योनिद्वार वरिपरि पलाएको मासु !

महिलाको प्रजनन अङ्गका तन्तुमा असामान्य वृद्धि हुन सक्छ । यस्तो वृद्धि डिम्बाशयमा पनि देखा पर्न सक्छ । त्यसैगरी पाठेघरमा पनि यसरी तन्तुको असामान्य वृद्धि हुन सक्छ भने पाठेघरको मुखमा पनि । त्यसैगरी योनि र भग क्षेत्रका तन्तुमा पनि असामान्य वृद्धि देखा पर्न सक्छ । विशेष गरेर योनि र भग क्षेत्रमा हुने मासुको पिण्ड अर्थात् टयुमर विभिन्न किसिमका हुन्छन् । यसमध्ये केही हानि नगर्ने किसिमका हुन्छन् भने अर्का थरी क्यान्सरजस्तो क्षति गराउने किसिमका हुन्छन् । तरुण व्यक्तिमा प्रजनन अङ्गको क्यान्सरको कुरा गर्दा उनीहरूमा डिम्बाशय तथा पाठेघरको क्यान्सर तुलनात्मक रूपमा कमै भएको पाइन्छ । योनिमा मासु पलाउने एक प्रमुख कारण यसको अथकत हो । यी खासै हानि नगर्ने किसिमका सिस्ट भएकाले खासै लक्षण नदेखिने हुन सक्छ, त्यसैले अकस्मात् परीक्षण गर्दा वा त्यस्तै परिस्थितिमा यो भए–नभएको थाहा पाइँदैन ।

योनिमा देखिने यस्ता सिस्ट योनिको तन्तुबाटै निस्किएका हुन सक्छन् भने मूत्रनली वा वरिपरिको तन्तुवाट सुरु भएका पनि हुन सक्छन् । यस्ता सिस्ट विभिन्न किसिमका हुन्छन । सबैभन्दा बढी पाइने mullerian cyst ४४ प्रतिशतमा, epidermal inclusion cyst अथकत २३ प्रतिशतमा, Gartner’s duct cyst ११ प्रतिशतमा, Bartholin’s gland cyst ७ प्रतिशतमा तथा endometriotic type ७ प्रतिशतमा हुन सक्ने अनुसन्धानहरूले बताएका छन् । यसबाहेक अन्य केही cyst पनि हुन्छन् । यस्ता प्रकारका cyst हाम्रो जीवनको तेस्रो तथा चौथो दशकमा बढी देखिन्छ ।

:Mullerian cyst : शरीरको मध्यरेखामा पाइने यो सिस्ट ठूलो नभएसम्म उपचारको आवश्यकता पर्दैन ।

Epidermal inclusion cyst : यी cyst एकै स्थानमा सीमित एवं नदुख्ने किसिमका हुन्छन् ।

Gartner’s duct cyst : योनिको भित्ताको दायाँ वा बायाँतिर केही अघिल्तिर पलाउँछ ।

Bartholin’s gland cyst : Bartholin’s glands सानो भगोष्ठमुनि हुन्छ । यो महिलाको भगक्षेत्र विशेष गरी ठूलो भगोष्ठमा सबै भन्दा बढी हुने cyst हो । खासै हानि नपुर्‍याउने यो cyst प्रजजन उमेरका महिलामा हुन्छ ।

Endometriotic type : विरलै देखिने यो सिस्ट पहिचान गर्न बिरामीको पूर्ण विवरण लिनुका साथै विभिन्न किसिमका परीक्षण गराउनुपर्ने हुन्छ ।

सर्वप्रथम त माथि भनिएझैं आफ्नो योनिमा पलाएको मासु के हो र यो कस्तो प्रकृतिको हो भन्ने कुरा पत्ता लगाउनु आवश्यक हुन्छ । त्यसकै आधारमा उपचार वा समाधानको कुरा अघि बढ्छ । त्यसैले स्त्रीरोग विशेषज्ञसँग सम्पर्क राखी परीक्षण एवं सरसल्लाहमा अघि बढ्नुपर्ने हुन्छ । चिकित्सकले परीक्षणपछि उपचार आवश्यक पर्ने–नपर्ने निक्र्यौल गरेर मात्र उपचार अघि बढाउँछन् । यस्तो पलाएको मासु बढेर असजिलो, पीडा वा संक्रमण भए उपचारको आवश्यकता पर्न सक्छ । (YounKaKura)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =