युनिक्याम्पसमा रक्तदान

काठमाडौँ , असार २ । पुतलीसडक स्थित युनिक्याम्पस कन्सल्टेन्सीमा आज शुक्रबार रक्तदान कार्य सम्पन्न भएको छ । कन्सल्टेन्सी प्राङ्गणमा भएको उक्त कार्यक्रममा करीव ६० जनाले रक्तदान गरेका छन् ।

रेडक्रस नेपाल र मेडिक्वेष्ट ल्यावरेटोरी क्लिनिकको २० प्रतिशत र यूनिक्यामपसको ८० प्रतिशत सहयोग खर्चमा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम सफल रुपमा सम्पन्न भएको जानकारी कन्सल्टेन्सीका असिस्टेन्ट म्यानेजर प्रकाश कँडेलले बताउनु भयो ।

“हामीले आआफ्नो स्थानबाट समाजका निम्ती जे जती सक्छौं त्यो गर्नुपर्छ । त्यसका लागी रक्तदान एक उत्कृष्ट माध्यम हो”, उहाँले भन्नुभयो ।

रक्तदान कार्यक्रममा करिव ५० हजार खर्च भएको छ भने आगामी दिनमा समेत यूनिक्यामपसले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने कुराको समेत उहाँले जिकिर गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =