साझा प्रकाशनका शर्मालाई हटाउनुको कारण देखाउन सर्वोच्चको आदेश
२०७४ जेठ १५ गते

काठमाडौं, असोज २३ । सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेस गर्न सरकारको नाममा कारण आदेश दिएको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सोमबार शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
आफूलाई सुनुवाइको मौका नदिइ बर्खास्त गरेको भन्दै शर्माले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
मन्त्रिपरिषदको बैठकले शर्मालाई यही असोज ८ गते पदबाट हटाउने निर्णय गरेको थियो ।
शर्मामाथि वार्षिक आम्दानीमा गडबड गरेको, साझाकै लोगोमा व्यक्तिगत तरिकाले पुस्तक प्रकाशन गरेको, पुस्तक बिक्री–वितरणको हिसाब–किताब दुरुस्त नराखेकोलगायतका भ्रष्टाचार र अनियमितताको आरोप छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








