दक्षिण कोरियाको अस्पतालमा आगलागीमा ३७ जनाको मृत्यु

काठमाडौं, माघ १३ । दक्षिण कोरियाको सिजङ अस्पतालमा भएको आगलागीमा ३७ जनाको ज्यान गएको छ । ४१ जनाको ज्यान गएको जनाए पनि अधिकारीले त्यसलाई सच्याउँदै ३७ जनाको ज्यान गएको बताएका छन् ।

दक्षिण कोरियाको दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा शुक्रबार लागेको आगोमा १३० भन्दा बढी घाइते भएका छन् । अस्पतालको आकस्मिक कक्षबाट लागेको आगो शुक्रबार निकै समयपछि नियन्त्रणमा आएको थियो ।

झण्डै २०० जना बिरामी अस्पतालमा रहेको बेला शुक्रबार बिहान अस्पतालमा आगलागी भएको थियो । आगलागीमा ३ जना अस्पतालका कर्मचारी डाक्टर, नर्स र सहयोगी नर्सको ज्यान गएको छ ।

सन् २००८ देखि सञ्चालनमा आएको उक्त अस्पतालमा ३५ जना कर्मचारी कार्यरत भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =