लिडरसीप कन्फरेन्समा पूर्व प्रधानमन्त्री नेपाल सहित ६ जनाकाे सहभागिता

माघ ५, काठमाडाैं । विश्वमा शान्तिको सन्देश दिन दक्षिणअफ्रिकाको सेनेगलमा भइरहेको लिडरसीप कन्फरेन्समा नेपालबाट पूर्व प्रधानमन्त्री सहित ६ जनाले सहभागिता जनाएका छन् ।

गत माघ ३–५ गते सम्म भइरहेको लिडरसीप कन्फरेन्समा नेपालबाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहित पूर्व शान्तिमन्त्री एकनाथ ढकाल सहित ६ जनाले सहभागिता जनाएका छन् । टोलीमा युनिभर्सल पिस फ्रेडेरेसन सुनसरीका सल्लाहकार मानबहादुर विश्वकर्मा, शान्तिदुतहरु मानबहादुर मगर र सन्तोष विश्वकर्मा समेतले सहभागिता जनाएका छन् ।

सेनेगलको कार्यक्रमबाट विश्वमा शान्ति स्थापनाका लागि सकारात्मक सन्देश प्रवाह हुनेमा विश्वस्त रहेको कन्फरेन्समा सहभागी युवा नेता सन्तोष विकले बताए । ‘ यो सम्मेलनमा विश्वका १ सय ९२ राष्ट्रका अभियन्ताहरुको सहभागिता छ । सबैले विश्वमा भाइचाराको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली प्रतिनिधिहरूले पनि विश्वलाई नै शान्ति क्षेत्र बनाउनु पर्नेमा जोड दिएको छ ।’ उनले भने । विकले १० वर्षको सशस्त्र द्वन्द्व व्यवस्थापनमा नेपालले प्राप्त गरेको अभूतपूर्व सफलता विश्वभरि उदाहरणीय भएको भन्दै सहभागीले प्रशंसा गरेको उल्लेख गरे ।
अहिले दक्षिण अफ्रिका द्वन्द्वको चपेटामा रहेको छ । यो कन्फरेन्सले त्यहाँको द्वन्द्व व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =