ओलीको शपथमा कमल थापाले किन आपत्ति जनाए ?

फागुन ४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ लिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले हिजो शपथ लिने क्रममा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भन्दै थापाले पुनः शपथ लिन सुझाव दिएका हुन् ।

अध्यक्ष थापाले ट्विट गर्दै प्रधानमन्त्री केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाएको भएको भन्दै पुनः शपथ दिनुपर्ने बताएका हुन् । थापाले आफ्नो ट्विटमा भनेका छन ‘निश्चय नै यो नियतवस होइन । त्यसर्थ राष्ट्रपति समक्ष पुनः शपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु ।’

अमेरिकी राष्ट्रपति बाराका ओवामाले शपथमा सामान्य त्रुटी हुँदा भोलिपल्टै दोहो¥याएर शपथ लिएको उदाहरण दिदै थापाले शपथमा देश छुट्नु राम्रो नभएको बताए ।

हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशको ४१ औं प्रधानमन्त्री भएका थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिउसो ४ बजेर शपथ खुवाएकी थिईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =