पराजित आर्सनल इमिरेट्स कप च्याम्पियन

काठमाडौं, साउन १६ ।  इंग्लिश क्लब आर्सनलले प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गतको इमिरेट्स कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा  स्पेनिस कब् सेभियासँग पराजित भए पनि गोल अन्तरको आधारमा आर्सनलले उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको अन्तिम खेलमा आर्सनल सेभियासँग २–१ ले पराजित भएको थियो । सेभियाको जितमा जोयाआकिन कोरेया र स्टेभेन  एन’जोन्जीले समान एक एक गोल गरे । आर्सनलका लागि यसै सिजन क्लब आएका एलेक्जेन्डर लाकेजेट्टले एक गोल फर्काए । तर, गोल संख्या कम भएकै कारण सेभिया उपाधि जित्नबाट बन्चित भयो ।

इमिरेट्स कपअन्तर्गत हरेक टिमले प्रत्येक गोलबाट एक अंक जोड्ने नियम छ । जसको कारण उपाधि जितेको आर्सनलले ६ अंक जोड्यो । आर्सनलले पहिलो  खेलमा पोर्चुगिज क्लब बेन्फिकालाई ५–२ ले हराएको थियो । सेभियाले तीन  अंक मात्रै भयो ।

सेभियाले दुवै खेल जिते पनि नतिजा गोलका आधारमा  आर्सनलको पक्षमा गयो । सेभियाले पहिलो खेलमा जर्मन क्लब आरबी लेप्जीङलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *