पैसावालको टिकट खोस्न राजपाका नेताहरू अनशनमा

कात्तिक २, काठमाडाैं । पैसावाललाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट दिएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा असन्तुष्टि बढेको छ ।


पैसा भएका र पहुँच भएकालाई टिकट वितरण गरेको विरोधमा महासचिव केशव झा सहित केन्द्रीय नेता पार्टी मुख्यालय बबरमहलमा अनशन बसेका छन् । झाको नेतृत्वमा नेताहरू बुधवार बिहान साढे ११ बजेदेखि अनशन बसेका हुन् ।

आफ्ना गोजीका व्यक्ति, पैसा बुझाउने अनि सामाजिक क्षेत्रमा बदनाम भएकाहरुलाई समानुपातिक र प्रत्यक्ष दुवैतर्फको टिकट वितरण गरेको उनीहरुकाे आरोप छ । उनीहरूले पार्टीले गरेको टिकटको निर्णय सच्याउनुपर्ने माग गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =