बझाङमा कांग्रेस र माओवादी केन्द्र बीच तालमेल

बझाङ, असार ६ – बझाङको थलारा गाँउपालिका वडा नं ९ मालुमेलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई शक्ति बीच वडामा तालमेल भएको कांग्रेसका वडा सभापति गगन बहादुर महतले बताउनु भयो ।

अध्यक्ष सहित दलित महिला सदस्य नेकपा माओबादी केन्द्रलाई र बाँकी तीन सदस्य नेपाली कांग्रेसलाई दिएपछि दुई पार्टी बीच तालमेल भएको हो । माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष कृष्ण विष्ट रहनु भएको छ । नेपाली कांग्रेसको सदस्य पदमा भने लक्ष्मि खड्का, बम्बु सिंह र धिर बहादुर भण्डारी हुनुहुन्छ ।

झण्डै १३ सय ३२ मतदाता संख्या रहेको मालुमेलामा दुई पार्टी बीच तालमेल हुँदा धेरै मत बदर हुने सम्भावना रहेको अनुमान हुन थालेको छ । मनोनयन दर्ता हुँदा नेपाली कांग्रेसका तर्फबाट गगन बहादुर महत लगायतको टिमले उम्मेदवारी दिनु भएको थियो । भने, नेकपा माओबादी केन्द्रबाट कृष्ण बहादुर विष्टले उम्मेदवारी दिनु भएको थियो ।

मंगलबार नेपाली कांग्रेसबाट मनोनयन दर्ता गराएका गगनबहादुर महतले उम्मेदवारी फिर्ता लिई कृष्ण विष्टलाई समर्थन गरेको विष्टले बताउनु भयो । नेपाली कांग्रेसका कार्यकर्ता र माआवादी केन्द्र समर्थक कार्यकर्ताहरु बीच समन्वय र सुझाबका आधारमा नै आफूले मनोनयन फिर्ता गरेको महतको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =