ग्यास उद्योगमा विक्रेताको धर्ना
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २४ । कमिसन बढाउन माग राख्दै आन्दोलनमा उत्रिएका विराटनगरका ग्यास विक्रेताले आजदेखि उद्योगमा धर्ना सुरु गरेका छन् ।
चार दिनसम्म खाना पकाउने (एलपीजी) ग्यासको विक्री बन्द गरेर आन्दोलनमा उत्रिएका विक्रेताले दोस्रो चरणको आन्दोलन अन्तर्गत ग्यास उद्योगकै गेट अगाडि धर्ना सुरु गरेका हुन् ।
एलपी ग्यास विक्रेता संघको अगुवाईमा भएको आन्दोलनमा आसपासका डिलरहरूले समेत समर्थन गरेका छन् ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








